काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ७ दशमलव ८६ अंकले घटेको छ।
नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २ हजार ६ सय ६ दशमलव २० बिन्दुमा पुगेको हो। नेप्सेमा झिनो गिरावट आउँदा कारोबार भएका अधिकांश अर्थात १ सय ६९ वटा कम्पनीको सेयर मूल्य गिरावट आयो। ८० वटा कम्पनीको सेयर मूल्य भने बढेकाे हाे। तर ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
नेप्सेमा स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री गर्नेले सबै भन्दा बढी नाफा कमाएका छन्। झापा इनर्जी लिमिटेडको सेयर बिक्री गर्नेले सबै भन्दा बढी गुमाएका हुन् । म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक भने राताम्य बन्न पुगेकाे नेप्सेले जनाएकाे छ।





प्रतिक्रिया दिनुहोस्