Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश

विराटनगर किंग्स भने ७७ रनले पराजित

1k
Shares

काठमाडाैं। दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ सम्पन्न भएकाे खेलमा विराटनगर किंग्समाथि सानदार जित निकाल्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेकाे हाे। सुदूरपश्चिमले ७७ रनले विराटनगरलाई पराजित गरेकाे छ। अघिल्लो सिजनको फाइनलमा भने सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएकाे थियाे। अब उपाधिका लागि सुदूरपश्चिमले शनिबार हुने फाइनल खेलमा दोस्रो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्ने भएकाे छ। त्रिवि मैदानमा भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगरको ब्याटिङ लाइनअप कोल्याप्स पारेको थियो।

१ सय ५६ रनको लक्ष्य पछ्याएको विराटनगरलाई सुदूरपश्चिमले १४ दशमलव १ ओभरमा ७८ रनमा अलआउट गर्दै सानदार जित निकालेकाे छ। ३ विकेट गुमाउँदा संकटमा परेको थियो। पहिलो ओभरमा साम हिजलेट र मार्टिन गप्टिल आउट भए भने दोस्रो ओभरको पहिलो बलमा नरेन भट्ट पेभिलियन फर्किएका थिए।