इलाम। मुख्य सिजनमा नै इलाममा यस वर्ष पर्यटकको खडेरी लागेको छ।
आन्तरिक र बाह्य पर्यटकले भरिभराउ हुने इलामका पर्यटकीय गन्तव्य यतिबेला सुनसान बनेका हुन्। जेनजी आन्दोलनपछि तग्रिंदै गरेको व्यपार व्यवसाय मुख्य सिजनमा नै पर्यटक नआउँदा सिथिल बनेका छ।
नेपाली चियाँको इतिहास बोकेको इलाममा दैनिक सयौं पर्यटकले भ्रमण गर्थे । भ्रमण गर्ने आन्तरिक पर्यटक बढी भएता पनि बाहिरी पर्यटकको संख्या पनि उतिकै हुने गरेको थियो। तर अहिले इलाम सदरमुकामसहित जिल्लाका पर्यटकीय स्थलमा पर्यटक फाट्टफुट्ट मात्र भेटिन्छन् ।
विश्व रामसार सूचीमा सूचीकृत माईपोखरी, सन्दकपुर, पानीटार, ढापपोखरी, अन्तु, पशुपतिनगर, कन्याम र सानी पाथीभरा लगायतका स्थानमा समेत विगत जस्तो पर्यटहरु छैनन् । इलामका प्रमुख पर्यटकीय गन्तब्यमा नै पर्यटकहरु नभएपछि पर्यटन ब्यवसाय सिथिल भएको छ।
पर्यटक आगमनका लागि यो मुख्य सिजन भएपनि जेनजी आन्दोलन र गत असोज १८ को वर्षातपछि पर्यटन क्षेत्र ठप्प छ। इलाम आउने पर्यटकमा आन्तरिकसँगै भारतीय पर्यटक बढी हुन्छन् । तर विगतको तुलनामा यो वर्ष निक्कै कम मात्र पर्यटक इलाम आएको पर्यटन सूचना केन्द जोरकलसको तथ्याकले देखाउँछ। पर्यटक सूचना केन्दका सूचना अधिकारी गगन घिमिरेका अनुसार भारतीय पर्यटकको मुख्य रोजाइमा पर्ने इलाममा यस वर्ष भारतबाट कम मात्रामा पर्यटक आएका छन् ।
चियाबारीले प्रख्यात इलाम भौगोलिक बनोटमा पनि सुन्दर छ। नगदेबाली चियाले सुधारिएको जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, दृश्यावलोकन, तालतलैया र सिमसार क्षेत्र लगायतले पनि पर्यटकलाई तान्ने गरेको हाे। इलामको प्राकृतिक सौन्दर्यतासँगै ग्रामिण जीवन शैली पनि पर्यटकका लागि आर्कषण मानिन्छ।
भिडियाे रिपोर्ट:





प्रतिक्रिया दिनुहोस्