Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोप्रति सभामुख घिमिरेको असन्तुष्टि


286
Shares

काठमाडाैं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान नगरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।

काठमाडौंमा आइतबार संसद सेवा दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हाे। आफूहरुले प्रतिनिधि सभा नभएपनि राष्ट्रिय सभालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई सुझाव दिएता पनि सोही अनुसार काम हुन नसकेको सभामुख घिमिरेको गुनासो थियो। उहाँले संसदका कर्मचारीहरुलाई प्रभावकारी ढंगले परिचालन गर्न आवश्यक कानून लगायतका व्यवस्था गर्न संसद एकेडेमी आवश्यक रहेको समेत बताउनुभएकाे छ।

सभामुख घिमिरेले देशको आवश्यकताअनुसार संसदलाई स्थापित गराउने काममा लाग्न पनि ढिलाई गर्न नहुने बताउनुभयो। संसद सचिवालयको पदाधिकारी नियुिक्तको विषयमा पनि गम्भीर छलफल गरेर अघि बढ्नुपर्ने अवस्था रहेको उहाँकाे भनाइ छ।