काठमाडौं। काठमाडौं उपमहानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनतासँग बाचा गरिएका कुराहरु पूरा गर्न नसक्दा आफूलाई डर लाग्ने गरेको बताउनुभएको छ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । उपमेयर डंगोलले सामूहिक रुपमा सल्लाह गरेर मात्रै अघि बढाउने कुराहरु गरेर मात्रै भन्न आफूलाई उचित लाग्ने समेत बताउनुभयो। महिला स्वास्थ्य स्वयंसेविकाहरुले जनताको घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिइरहेको भन्दै प्रशंशा समेत उहाँले गर्नुभएकाे छ। उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य विमामा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन समेत दिनुभयो।
उपमेयर डंगोलले प्रतिवद्धता अनुसार काम गर्दै लैजाने समेत बताउनुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्