Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


रवि लामिछानेप्रति राज्यले गरेको व्यवहारले दुखित बनायाे: सुदन गुरूङ

मुलुकको विकास गर्न अगाडि बढ्ने मान्छेको चरित्र हत्या र खुट्टा तान्ने प्रवृत्ति बढ्याे

1.1k
Shares

काठमाडाैं। जेनजी प्रतिनिधि सुदन गुरुङले राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गर्नुभएको छ।

गुरुङले नख्खु कारागार पुगेर सभापति लामिछानेसँग बिहीबार भेट गर्नुभएको हो। भेटमा सभापति लामिछानेले आफूमाथि अन्याय भएको कुरा सुनाएको उहाँले बताउनुभयो। आफूमाथि अनुसन्धान गर्न छुट्टै आयोग गठन गरेर भए पनि मुद्दाको छिटो छिनोफानो हुनुपर्ने कुरा सभापति लामिछानेले आफूसँग राखेकाे उहाँले बताउनुभएकाे छ।

गुरुङले मुलुकको लागि केही गर्ने भनेर आउनुभएका लामिछानेमाथि राज्यले गरेको व्यवहारले आफू समेत दुखित भएको बताउनुभयो । मुलुकको विकास गर्न भन्दै अगाडि बढ्ने मान्छेको चरित्र हत्या गर्ने र खुट्टा तान्ने प्रवृत्ति बढेको बताउदै उहाँले त्यसको उदाहरण लामिछाने भएको पनि बताउनुभएकाे छ।

गुरुङले भेटमा आफूले वैकल्पिक शक्तिहरु मिलेर जानुपर्ने प्रस्ताव राखेकोमा लामिछाने सकारात्मक रहेको पनि बताउनुभयो । उहाँले आफू वैकल्पिक शक्तिहरुको एकताको प्रयासमा रहेको पनि बताउनुभएकाे छ।