Logo १७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025


तीनजुरे बिस्कुट उद्योग विस्तार हुँदै (भिडियाे रिपाेर्ट)

लालीगुराँसको परिचय बन्दै उद्योग, मासिक ९० हजार आम्दानी गर्दै

260
Shares

तेह्रथुम। तेह्रथुमको लालीगुराँस नगरपालिका-७ का स्थानीय युवाहरुले शुरु गरेको तीनजुरे बिस्कुट उद्योग पछिल्लो समय विस्तार हुँदै गएको छ। जसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै स्थानीय माग समेत पूरा गर्न थालेको हाे।

लालीगुराँस नगरपालिका-७ का नेत्र श्रेष्ठ र सरोज श्रेष्ठले शुरु गरेको उद्योगमा ओभन तताउने, आटा मुछ्ने र बिस्कुट सिकाइदेखि प्याकिङ गर्नेसम्मको काममा स्थानीय युवाहरु नै व्यस्त देखिन्छन् । १० लाख रुपैयाँको लगानीबाट सञ्चालन गरिएको उद्योग अहिले भने व्यवस्थित उत्पादन र बजार विस्तारको चरणमा छ। स्थानीय स्वाद, ताजापन र घरेलुपनाले तीनजुरे बिस्कुट उद्योगले बजारमै छुट्टै परिचय बनाउन थालेको हाे। उद्योगका संचालक सरोज श्रेष्ठ उद्योगबाट आफूहरु सन्तुष्ट रहेको र मासिक ८० देखि ९० हजार आम्दानी गर्दै आएको बताउनुभयाे।

सिस्नु, कोदो, फापर र मकैजस्ता अर्गानिक कच्चा पदार्थ प्रयोग गरेर बनाइने बिस्कुटले उपभोक्ताको ध्यान तानेका छ। उद्योगले अहिले दैनिक ३ जनालाई रोजगार दिएको छ। घर नजिक स्थापना भएको उद्योगमा रोजगार पाउँदा परिवार धान्न र मासिक आम्दानी लिँदै आएको कामदार आशिष थापाले बताउनुभयाे।

लसुनेबाट शुरु गरेको उद्योगले अहिले वसन्तपुर बजारमा समेत उद्योग थपेको छ। वसन्तपुर, लसुने, म्याङलुङ मात्र होइन र तेह्रथुमका छिमेकी जिल्लासम्म यसका उत्पादन आपूर्ति हुँदै आएको हाे। पछिल्लो समय अर्गानिक उत्पादन गर्न थालेपछि तराईका जिल्ला र बाहिरी देशहरुमा समेत माग बढ्न थालेको छ।

श्रम र मेहनत गरे स्थानीय स्तरमा नै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने यो उद्योगले उदाहरण दिएको हाे।

भिडियाे रिपाेर्ट: