Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


कांग्रेस नेता कोइराला पनि सभापतिमा उठ्ने, महामन्त्री थापालाई पनि सँगै लैजाने


10.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गर्नुभएकाे छ।

१५ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरेका नेता कोइरालाले बुधबार १४ औं महाधिवेशनमा आफ्नो प्यानलबाट जितेका पदाधिकारीसहित शीर्ष नेताहरूसँग छलफल गर्नुभएकाे हाे। नेता कोइराला प्यानलबाट जितेका महामन्त्री गगन थापाले आगामी महाधिवेशनमा सभापति उठ्ने घोषणा गरिसक्नुभएकाे छ। नेता कोइराला पक्षको बुधबारको भेलामा थापालाई पनि एक ठाउँमा लिएर हिँड्न पहल गर्ने निष्कर्ष निकालेको एक नेताले बताएका छन्। बैठकमा सहभागी ती नेताले काेइराला सभापति उठ्ने निश्चित ने भएकाे बताएका हुन्। उहाँले आफ्ना टिमको बैठक राख्नुभएको उनकाे भनाइ छ।

बैठकमा सहमहामन्त्रीद्वय जीवन परियार, बद्री पाण्डे, नेता गुरुराज घिमिरे र केन्द्रीय सदस्य गोविन्द्र पोखरेलसहित एक दर्जन बढी नेताहरू सहभागी भएका थिए।