Logo १६ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025


सहकारी पीडितको प्रदर्शन आज पनि जारी


208
Shares

काठमाडाैं। सहकारी पीडितहरुले आफ्नो बचत रकम फिर्ताको माग गर्दै प्रदर्शलाई जारी राखेका छन्।

सहकारी पीडितहरुसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्दै बचत रकम फिर्ता गर्न माग गर्दै पीडितहरुले मंगलबार पनि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका हुन् । सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, सहकारी बचत हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने तथा तत्कालीन सरकारले गरेका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ। सरकारले पटक–पटक वार्ता गरेता पनि आफूहरुको माग पूरा नगरेको उनीहरुको गुनासो छ।

प्रदर्शनमा सहभागीहरुले ‘सहकारी पीडितलाई न्याय दे, बचतकर्ताको सम्पूर्ण बचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो, भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौं, सम्पूर्ण पीडितको बचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ र सरकार समस्याग्रस्तमा राजनीतिक नियुक्तिको आवरणमा दलाली गर्ने कर्मचारीलाई कारबाही खै ? जस्ता नारा लेखेका प्लेकार्डहरु बोकेका थिए।