Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई २१ वर्षको जेल सजाय


17k
Shares

एजेन्सी। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ढाकाको एक विशेष अदालतले २१ वर्षको जेल सजाय सुनाएको छ।

अदालतले हसिनालाई भ्रष्टाचार तथा षड्यन्त्रसँग सम्बन्धित ३ वटा धोखाधडीका मुद्दामा २१ वर्षको जेल सजाय सुनाएको हाे। विशेष न्यायाधीश-५ मोहम्मद अब्दुल्लाह अल मामुनले प्रत्येक मुद्दामा ७-७ वर्षका दरले सजाय तोक्नुभएकाे हाे। बंगलादेशको भ्रष्टाचार विरोधी आयोग (एसीसी)ले गत जनवरीमा हसिना र परिवारका सदस्यहरू विरुद्ध ढाकाको पूर्वाचल क्षेत्रमा सरकारी प्लट गैरकानूनी रूपमा बाँडेको गरेको आरोपमा ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो ।

बाँकी ३ मुद्दाको फैसला आगामी डिसेम्बर १ तारिखमा सुनाइने भएकाे छ। अदालतले हसिनाका छोरा सजीब वाजेद जोयलाई ५ वर्षको कैद र एक लाख टाका जरिवाना तोकिएको हाे। त्यस्तै, छोरी साइमा वाजेद पुतुललाई पनि ५ वर्षको जेल सजाय सुनाइएको छ। यसअघि बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले शेख हसिनालाई सन् २०२४ जुलाईमा सरकार विरोधी आन्दोलन दमनको क्रममा मानवता विरुद्धका अपराध गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइसकेको छ।

साेही घटनामा मानव अधिकार उल्लंघन भएकाे बताउदै आईसीटीले थप कडा कारबाही गरेको थियो।