Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


बजारमा तरकारीको मूल्य छोइनसक्नु (भिडियाे रिपाेर्ट)

उपभोक्ताले सधैं चर्को मूल्य तिर्नुपर्ने आम-उपभोक्ताको बिडम्बना !

663
Shares

काठमाडौं। सरकारले मूल्य घटिरहेको दावी गर्दा काठमाडौंको कालीमाटी तरकारी बजारमा दैनिक उपभोग्य तरकारीको मूल्य लगातार बढिरहेको छ।

बजारमा सिजनकै तरकारीको मूल्य दैनिक रुपमा बढिरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले नै देखाएकाे हाे। काठमाडौं उपत्यकामा हाल तरकारीको मूल्य दैनिक रुपमा बढिरहेको छ। पछिल्ला केही दिनयता गोलभेंडादेखि हरियो सागसब्जीसम्म सबै वस्तुको मूल्य निरन्तर बढिरहेको हाे। उपभोत्ताहरु महँगोमा तरकारी किन्न बाध्य छन् । कालीमाटी बजारमै तरकारीको मूल्य उच्च हुँदा खुद्रामा त झन् नियन्त्रण बाहिर नै पुगेको छ।

दैनिक भान्सामा प्रयोग हुने गोलभेंडाको मूल्य अहिले बजारमा सबै भन्दा महँगो भएको छ। कालीमाटी बजारमा हाल गोलभेंडाको मूल्य प्रतिकेजी १ सय देखि १ सय ३० रुपैयाँसम्म रहेको हाे। खुद्रा बजारमा त १ सय ८० देखि २ सय रुपैयाँ पनि लिने गरेका छन् । त्यस्तै, काउली, तनेबोडी, बन्दा र फर्सी लगायत सिजनै तरकारीको मूल्य छोइनसक्नु भएकाे हाे। तरकारीको मूल्य दैनिक रुपमा बढिरहेसँगै उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।

व्यवसायीहरु उत्पादन घटेपछि आपूर्ति पनि घटेर अहिले बजारमा तरकारी महँगो भएको तर्क गर्छन् । गत असोज महिनामा परेको भारी वर्षाका कारण पनि मूल्य वृद्धि भएको उनीहरुको दावी छ। सरकारी तथ्यांकले बजार मूल्य घटेको देखाउने र किसानले मूल्य नपाउने अनि उपभोक्ताले सधैं चर्को मूल्य तिर्नुपर्ने आम उपभोक्ताको बिडम्बना नै बन्न पुगेको हाे।

यसमा सम्बन्धित निकायले पनि ध्यान पुर्याउने हो कि ?

भिडियाे रिपाेर्ट: