Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्स विजयी

कर्णाली याक्स भने ४५ रनले पराजित

351
Shares

काठमाडाैं। जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स विजयी भएकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साेमबार राति भएकाे खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेकाे हाे। सुदूरले दिएको १ सय ४० रनको लक्ष्य पच्छ्याएको कर्णाली याक्स १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा समेटिन पुग्यो। कर्णाली याक्सले सुदरपश्चिम रोयल्सले दिएको लक्ष्य भेट्न सकेन।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो।