Logo १७ फाल्गुन २०८२, आइतबार | Mon Mar 2 2026


दुर्गा प्रसाईलाई तत्काल छाेड्न सरकारसँग अध्यक्ष ओलीकाे आग्रह

राजनीतिक दललाई सभा नै गर्न नदिने सरकारले चुनाव कसरी गर्छ ?

611
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानमा संयोजक दुर्गा प्रसाईलाई तत्काल छाेड्न सरकारसँग आग्रह गर्नुभएकाे छ।

उहाँले संयाेजक प्रसाईलाई मध्यरातमा पक्राउ गर्ने काम सरकारले गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएकाे हाे।काठमाडाैंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभयाे। उहाँले भन्नुभयाे,-‘अपराध गरे पो थुन्ने हो । भएको भिडियो बाहिर ल्याउनु अपराध हो ? राति राति तमासा गरिरहेको छ यो सरकारले । यहाँ बोल्न पनि नपाइने भयो । निर्वाचन भन्छ सरकार । बारामा हाम्रो युवा भेला थियो । भेलामा जेनजी भन्दै केही विद्वानहरूले ढुंगामुढा गरे बिथोले, सिमरा एयरपोर्ट बन्द भयो । नेताहरूलाई जान रोकियो ।’

उहाँले स्वेच्छाचारी ढंगले प्रसाईलाई सरकारले पक्राउ गरेकाे बताउनुभएकाे छ। अध्यक्ष ओलीले सभा गर्नै नदिनेले सरकारले चुनाव कसरी गर्छ भन्दै प्रश्न समेत गर्नुभयाे। उहाँले जेनजीका नाममा हुने आतंक रोक्न सरकारलाई आग्रह समेत गर्नुभएकाे छ। उहाँले कस्तो चुनाव गर्न चाहनुहुन्छ प्रधानमन्त्री जी भन्दै प्रश्न गर्नुभयाे।

एमाले देश छाेडेर नभाग्ने उल्लेख गर्दै अध्यक्ष ओलीले प्रतिवाद गर्ने पनि बताउनुभएकाे छ।