Logo ७ माघ २०८२, बुधबार | Thu Jan 22 2026


केपी ओलीले एमालेलाई भयानक दुर्घटनामा लैजान्छन्: घनश्याम भुसाल

नेपालको वामपन्थी आन्दोलन संकटग्रस्त बन्दै

364
Shares

काठमाडौं । पुनर्गठित नेकपा एकीकृत समाजवादीका संयोजक घनश्याम भुसालले नेताहरुको सत्ता स्वार्थले कब्जा गरेको नेपालको वामपन्थी आन्दोलन संकटग्रस्त बन्दै गएको बताउनुभएकाे छ।

उहाँले मंगलबार सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे। गत भदौ २३ गतेको जेनजी युवाकाे आन्दोलन र २४ गतेको विध्वंसमार्फत समाजले दिएको धेरै शक्तिशाली सन्देश सबै नेताहरुले नसुने झैं गरेर बालुवामा टाउको घुसारेको आरोप समेत उहाँले बलगाउनुभएकाे छ।

कम्युनिस्टहरुलाई छलफलका लागि आह्वान गर्दै उहाँले यो महिना र आगामी निर्वाचनसम्म अझै ठूला दुर्घटना हुनसक्ने दावी समेत गर्नुभयाे । संयाेजक भुसालले आत्मप्रशंसा, असहिष्णुता, उद्दण्डता, पपुलिज्म र मूल्यहीनताका कारण नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई भयानक दुर्घटनामा लैजाने समेत आराेप लगाउनुभएकाे छ।

उहाँले भन्नुभयाे,-‘यिनले जति अर्को कुनै व्यक्तिले नेपालको राजनीतिक संस्कृतिलाई प्रदूषित गरेको थिएन। ‘कमरेड ओलीले आफ्नो जीवनमा अब गर्न बाँकी रहेको एउटा मुख्य काम नेकपा एमालेलाई कहिल्यै उठ्न नसक्ने बनाउनु हो । सम्भवतः आगामी महाधिवेशनमा त्यो कर्म सम्पन्न गर्नेछन् ।’

संयाेजक भुसालले सामाजिक सञ्जालमार्फत यस्ताे लेख्नुभएकाे छ: