Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


मधेशका ५ जना सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चकाे अल्पकालीन आदेश जारी


494
Shares

काठमाडाैं। सर्वोच्च अदालतले मधेश प्रदेशका ५ जना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको छ।

अदालतका न्यायधीश नित्यानन्द पाण्डेको इजलासले साेमबार कारण देखाउसहित अल्पकालीन आदेश दिएको हो। सांसद सञ्चयकुमार यादवले आफूहरूले सभामुखको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्चले आदेश दिएको बताउनुभयाे। आफूविरुद्ध सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेसँगै सभामुख मण्डलले लगातार १० वटा बैठकमा अनुपस्थित भएको भन्दै जनता समाजवादी पार्टी नेपालका सञ्जय कुमार यादव (सर्लाही), मनिषकुमार सुमन(सप्तरी), सिंगासन सा कलवार (पर्सा), शंकर प्रसाद कलवार(बारा) र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह (सर्लाही) लाई पदमुक्त घोषणा गर्दै सूचना टाँस्न लगाउनुभएकाे थियाे।