Logo २ माघ २०८२, शुक्रबार | Sat Jan 17 2026


नेपाल नेत्रहीन महिला टी-२० क्रिकेटकाे सेमिफाइनलमा प्रवेश

अमेरिका भने १० विकेटले पराजित

468
Shares

काठमाडाैं। भारतमा जारी नेत्रहिन महिला टी-२० महिला क्रिकेटकाे नेपाल सेमिफाइलनमा प्रवेश गरेको छ।

अमेरिकालाई १० विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । आइतबार भएको क्वार्टरफाइनल खेलमा नेपालले अमेरिकालाई ९ दशमलव ४ ओभरमा १७ रनमा अलआउट गरेको छ। नेपालका लागि दिलसरा धमलाले ३ र सरिता घिमिरेले १ विकेट लिइन् । १८ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य ४ बलमा पूरा गरेको थियो।

दिलसराले नटआउट १२ रन बनाइन् भने दिलसरा नै प्लेयर अफ दि म्याच बनिन् । सन् २००६ को तेस्रो नेत्रहीन विश्वकपमा पाकिस्तानले वेस्ट इन्डिजलाई २१ रनमा अलआउट गरेको कीर्तिमानलाई यस पटक नेपालले भंग गर्दै नयाँ कीर्तिमान समेत बनाएको छ।

नेपालले पहिलो खेलमा श्रीलंका र तेस्रो खेलमा अस्ट्रेलियालाई पराजित गरेकाे थियाे। भारतसँग भने नेपाल पराजित भएको थियो।