Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


हात्तीको बथान झापामा प्रवेश गर्‍यो, सुरक्षित रहन वन कार्यालयकाे आग्रह


221
Shares

काठमाडाैं। डिभिजन वन कार्यालय झापाले पूर्व-पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सावधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

कार्यालयले गस्ती र माइकिङ गरेर सर्वसाधारणलाई सचेत बनाउनुका साथै सावधानी अपनाउन समेत आग्रह गरिएको जनाएको हाे। कार्यालयले मोरङबाट २५ देखि ३० वटाको संख्या हुल बाँधेर बच्चासहित हात्तीको बथान झापामा प्रवेश गरेका कारण स्थानीयवासीलाई यसकाे बरेमा जानकारी गराएकाे छ।

डेढ वर्षअघि बाहुनडाँगीको प्रसाद गौ्डा हुँदै ५०-६० हात्तीको बथान नेपाल प्रवेश गरेका थिए। जसमध्ये करिब एक वर्षअघि ३० वटा हात्ती भारततर्फ फर्किएको र बाँकी मोरङ र सुनसरीका वन क्षेत्रमा रहेका थिए । तिनै हात्ती भारततर्फ फर्कने क्रममा झापा आइपुगेकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेकाे कार्यालयले जनाएकाे छ।

स्थानीयलाई सुरक्षित रहनका लागि कार्यालयले गस्ती र माइकिङ गरिरहेको हाे।