काठमाडौं ।
पूर्वयुवराज्ञी हिमानी शाहले ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरको दर्शन गर्नुभएको छ ।
शनिवार बिहान उहाँले पाटनमै रहेको कुम्भेश्वर मन्दिरको पनि दर्शन गर्नुभई पूजापाठ गर्नुभएको हो । दुवै मन्दिरमा पूजापाठ गर्नुका साथै उहाँले पाटन दरबार क्षेत्रको अवलोकन समेत गर्नुभयो ।
बंगलामुखीको दर्शन गर्दा मनोकांक्षा पूरा हुने तथा शत्रु नाश हुने जनविश्वास रहेको छ । पूर्वयुवराज्ञी शाहले यसअघि पनि देशभरका विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा नियमित रूपमा पूजाआराधना गर्दै आउनुभएको छ ।
उहाँले हिमानी ट्रस्टमार्फत स्वास्थ्य, शिक्षा र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा आम नागरिकलाई सहयोग पु¥याउँदै आउनुभएको छ ।
ट्रस्टले हालसम्म हजारौं विपन्न परिवारलाई राहत वितरण गरेको छ भने महिला सशक्तीकरण र बालबालिका शिक्षा कार्यक्रममा विशेष जोड दिएको छ । हिमानी शाह पूर्वयुवराज पारस शाहकी श्रीमती हुनुहुन्छ ।
अहिले पनि उहाँ सामाजिक कार्यमा सक्रिय रहनुभएको छ । उहाँको यो भ्रमणले धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रोत्साहन दिने विश्वास गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्