Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


शेयर बजारमा आज पनि गिरावट


117
Shares

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साेमबार पनि गिरावट आएकाे छ।

आइतबार ३० दशमलव ०२ अंकले घटेको नेप्से सोमबार ५ दशमलव ८० अंकले घटेको हो। सोमबार ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २ हजार ५ सय ६० दशमलव २९ बिन्दुमा पुगेको छ। सोमबार १ सय ५१ वटा कम्पनीको सेयर मूल्य घटेको छ। ९० वटा कम्पनीको सेयर मूल्य भने बढेकाे हाे । तर, सोमबार ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेकाे छ।

सेयर कारोबारमा दरमखोला हाइड्रो इनर्जीको सेयर बिक्री गर्नेले सबै भन्दा बढी नाफा आर्जन गरेका छन्। उन्नति सहकार्य लघुवित्तको सेयर बिक्री गर्नेले सबै भन्दा बढी घाटा व्यहोरेका हुन्। सोमबार झिनो अंकले नेप्से घट्दा होटेल तथा पर्यटन, लगानी र व्यापार समूह बाहेक सबै समूहको उपसूचक नकारात्मक रहेकाे नेप्सेले जनाएकाे छ।