Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


माओवादी केन्द्रसँग छिटै पार्टी एकता गर्ने पक्षमा निर्णय आउँछ: जगन्नाथ खतिवडा

एमाले अध्यक्ष ओलीले पुरानै घर फर्किनुस् भन्ने आह्वान एकता भाँड्नका लागि भएकाे जिकिर

572
Shares

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा माओवादी केन्द्रसँग छिटै पार्टी एकता हुने दावी गर्नुभएको छ।

केन्द्रीय कमिटी बैठक स्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो दावी गर्नुभएकाे हाे। उहाँले एकीकृत समाजवादी, माओवादी केन्द्र र समाजवादी पार्टी नेपाल एकीकरण गर्नका लागि पूर्ण विश्वासका साथ लागिपरेको समेत बताउनुभयो । बैठकमा सम्मानित नेता झलनाथ खनालले एकता नगरौं भन्ने सुझाव दिनुभएको भएपनि बैठकले एकता गर्ने पक्षमा निर्णय लिने उपाध्यक्ष खतिवडाकाे दावी छ।

माओवादीले माओवाद छोड्ने र मार्गदर्शक सिद्धान्तका रुमपा माक्सवाद लेनिनवादलाई आफूहरुले पनि मान्ने गरेको उपाध्यक्ष खतिवडाकाे भनाइ थियाे। उहाँले आफ्ना सैद्धान्तिक विषयमा समानता स्थापित गरेपछि नै एकताको प्रक्रियामा लागेको बताउनुभएकाे छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुरानै घर फर्किनुस् भन्ने आह्वान पार्टी एकता भाँड्नका लागि भएको उहाँकाे जिकिर थियाे।

उपाध्यक्ष खतिवडाले एकताको प्रक्रिया सकिएपछि निश्चित विधिबाट पार्टीमा पुस्ता हस्तान्तरण हुने जिकिर गर्नुभयो ।