काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल यूएईसँग पराजित भएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको यूएई ४३ दशमलब ३ ओभरमा मात्र ५ विकेट गुमाएर विजयी भएको हो । मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ रोज्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३३ रनको योगफल तयार गरेको थियो ।
कप्तान रोहितकुमार पौडेलले १ सय ९ रनको उत्कृष्ट शतक जोडेका थिए । उनको करियरमा यो दोस्रो शतक हो । पौडेलले १ सय ३० बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक १ सय ९ रनको योगदान गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्