Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भइसकेकाे अध्यक्ष नेपालकाे दावी


390
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भइसकेको दावी गर्नुभएकाे छ।

मिराकल पार्टी भेन्यू सुकेधारामा बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा उहाँले पेश गरेको प्रतिवेदनमा पार्टीका नेताहरूले केही प्रश्न उठाइरहेको बताउदै औचित्य पुष्टि भइसकेको दावी गर्नुभएकाे हाे। ‘पार्टीको दशाैं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनमा समेत यस विषयमा स्पष्ट पारिएको छ। तथापि कुरा उठ्न नछाडेको हुनाले फेरि पनि स्पष्ट गरौं। कुनै पनि कार्यको औचित्य भनेको उक्त कार्य गर्नु उचित थियो कि थिएन भन्ने हो, उक्त कार्यका उचित कारण थिए कि थिएनन् भन्ने हो। हाम्रो विद्रोह अनुचित थिएन, उचित थियो। विद्रोह गर्नुका कारणहरू उचित थिए र विद्रोह गर्नु अत्यावश्यक रहेकाे प्रतिवेदनमा भनिएको छ।’

एमालेबाट विद्रोह पार्टीभित्रको आन्तरिक अन्तर्विरोध र वैचारिक सङ्घर्षका कारणले मात्र गरेकाे नगरेको उल्लेख गरिएकाे छ।

Skip This