रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–६, लखनपुरस्थित रिष्ठे बजारमा भगवान श्रीकृष्णको असीम कृपाबाट एक भव्य श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ जारी रहेकाे छ। यहि कार्तिक ८ गतेदेखि शुरु भएकाे महायज्ञ कार्तिक १६ गतेसम्म निरन्तर रुपमा सञ्चालन हुने भएकाे हाे ।
आध्यात्मिक उत्थान र सामाजिक एकताको सन्देश:
महायज्ञको मुख्य उद्देश्य स्थानीय समुदायमा धार्मिक जागरण, नैतिक मूल्य, संस्कार प्रवर्द्धन, सामाजिक एकता र प्रेमभाव अभिवृद्धि गर्नु रहेको आयोजक समितिले जनाएको छ। गाउँ-समुदायमा शान्ति, सद्भाव र आध्यात्मिक चेतना फैलाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो ।
प्रमुख वाचकहरूः आचार्य द्रोण सुवेदी र उप–प्राध्यापक गोविन्द भटृराई:
कार्यक्रममा विख्यात वाचक आचार्य द्रोण सुवेदीले श्रीमद्भागवत कथा वाचन गर्नुहुने भएकाे छ। उप–प्राध्यापक गोविन्द भटृराईले भने व्याख्या, विवेचना र प्रवचनमार्फत कथा प्रस्तुत गर्नुहुने भएकाे हाे। दुवै वाचकले भगवान श्रीकृष्णका शिक्षाहरू, धर्मका सिद्धान्त र आधुनिक जीवनमा अध्यात्मिक दृष्टिको महत्वकाे बारेमा प्रकाश पार्ने काम गरिरहेका छन् ।
आयोजकका अनुसार भगवान श्रीकृष्णको असीम कृपा- सम्पूर्ण सुवेदी परिवारको सामूहिक प्रयत्नमा आयोजना हुन लागेको यस ज्ञानमहायज्ञको उद्देश्य समाजमा धार्मकि जागरण, नैतिक मूल्यको पुनःस्थापना, युवा पुस्तामा आस्था र संस्कारको विकास गर्नु रहेको छ। महायज्ञमार्फत गाउँ र जिल्लाभर धार्मिक सह-अस्तित्व र एकता सुदृढ हुने विश्वास सुवेदी परिवारले लिएको छ।
महायज्ञ कार्तिक ८ गते मंगलमय कलश यात्रासहित शुरु भएको थियो । कार्तिक ९ गतेदेखि कथा वाचनको औपचारिक आरम्भ भएको हो । कार्तिक १४ गते तिलक तथा लाक्षावृत्त प्रवचन, अखण्ड नामकीर्तन र शक्तिकालीन जागरण आयोजना गरिने भएकाे छ । त्यस्तै, कार्तिक १६ गते अन्तिम दिन हवन, विसर्जन, आरती तथा प्रसाद वितरणका साथै सामूहिक आशिर्वाद कार्यक्रम हुने भएकाे छ ।
कार्यक्रमको सम्पूर्ण संयोजन सुवेदी परिवारले मिलाएकाे छ। प्रमुख आतिथ्य र आयोजकका रूपमा श्री टिकाप्रसाद सुवेदी, श्री यादव सुवेदी, श्री चन्द्रवती सुवेदी र श्री पवित्रा सुवेदी रहेका छन् । त्यसैगरी दर्शनार्थीका रूपमा श्री गोपालप्रसाद सुवेदी, अम्बिका, मायादेवी सुवेदी, श्री रामप्रसाद, सावित्री सुवेदी, श्री भरतमणी सुवेदी, गोमा सुवेदी, श्री राजन, देवकी सुवेदी तथा सम्पूर्ण सुवेदी परिवारको सहभागिता रहने भएकाे छ ।
स्थानीय समुदायमा उत्साह:
स्थानीय बासीन्दा, विभित्र मठ–मन्दिरका प्रतिनिधि र समाजसेवीहरूले उत्साहित भएका छन् । ७ दिनसम्म संचालन हुने यस कार्यक्रमलाई हेर्न र श्रवण गर्न नजिकका बस्ती, गाउँ, बजारका श्रद्धालु भक्तजनहरूको भीड रहने अपेक्षा गरिएको छ।कथा स्थलमा विशेष रूपमा साजसज्जा, प्रकाश, ध्वनी प्रणाली र भक्तजनका लागि भोजन तथा बसाइको राम्रो व्यवस्था रहेको विष्णु कोइरालाले बताउनुभयाे।
आयोजक समितिले सम्पूर्ण श्रद्धालु, भक्तजन, समाजसेवी, धार्मिक संघ-संस्था तथा कथा प्रेमीहरूलाई श्रीमद्भागवत कथा श्रवण गरी धर्मलाभ, पुण्य प्राप्ति र जीवनमा आध्यात्मिक शान्ति प्राप्त गर्न हार्दिक आमन्त्रण गरेको जनाएकाे छ ।




प्रतिक्रिया दिनुहोस्