Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


उदाउँदो सुर्यलाई अर्घ दिएर पहाडिया र मधेशी समुदायले समापन गरे भित्री तराईमा छठपुजा


221
Shares

यसोदा राउत
सिन्धुली ।

आज उदाउँदो सुर्यलाई अर्घ दिएर सिन्धुलीमा पहाडिया र मधेशी समुदायले छठपर्व समापन गरेका छन् ।

सिन्धुली सदरमुकाम सिन्धुलीमाडी स्थित गौतमी नदी छटियाघाटमा हिजो अस्ताउदो सुर्यलाई अर्घ दिएर शुरु गरिएको छठपुजा आज अस्ताउदो सुर्यलाई अर्घ दिएर सामुहिक रुपमा समापन गरेका हुन् ।

सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाडी स्थित गौतमी नदी छठीयाघाटमा छठपर्वमा अस्ताउदो र उदाउदो सुर्यलाई अर्घ दिएर तराई र पहाडिया मूलका जात जातीका मानिसहरु मिलेर एक साथ मनाउदै आएका छन् ।

विगतमा तराईका जिल्लाहरुमा मात्र मनाईने छठपर्व पछिल्लो समयमा भित्री तराईमा पर्ने जिल्ला सिन्धुलीमाडीमा तराई र पहाडिया मूलका मानिसहरुले एकै साथ छठ सामग्रीहरुको व्यवस्था गरी मनाउन थालेपछि छठपर्व साझा पर्वको मानिन थालेको छ ।

सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडी भिमान, दुधौली, खुर्कोट लगाएतका सिन्धुली जिल्लाका विभिन्न स्थानहरुमा छठपर्व मनाउन तराईया र पहाडिया मूलका मानिसहरुले एकै साथ श्रद्धा र भक्ति पुर्वक सहभागी भएका थिए ।

पछिल्लो समयमा तराई,भित्री तराई र पहाडी जिल्लाहरुमा समेत सबै नेपालीले मनाईन थालेपछि छठपर्व सबै जातजाती र भाषाभाषीको एकताको प्रतिक बन्दै गएको छ । सूर्य भगवान र छठी माताको आराधनाको पर्वका रूपमा मनाइने छठका अवसरमा स्थानीय नदीघाटहरूमा सरसफाइ, मर्मत र सजावट समेत सबै जात जातीको साझा प्रयासबाट गरिएको थियो ।

आयातित बस्तुको तुलनामा स्थानीय उत्पादन केरा,नरिवल, मुला, अदुवा,कागती,केराउ,उखु,फलफुल लगाएतको प्रयोग र खपत बढी हुने गरेको छठपर्व मनाउदा श्रद्धालु भक्तजनहरुलाई आर्थिक भार समेत कमपर्ने देखिएको छ ।

पारिवारिक सुख,शान्ति तथा समृद्धिको कामना गर्दै सुर्यदेवको उपासना गरी पूजा आराधना गरी लगातार ४ दिन सम्म निष्ठापुर्वक शुद्ध भोजन गरी ३६ घण्टा सम्म निराहार व्रतबसी अस्ताउदो सूर्यलाई जलाशयमा उभिएर पूजा सहित अस्ताउदो सुर्यलाई अर्घ दिएपछि रातभर जाग्राम बसी उदोउदो सुर्यलाई अर्घ दिएपछि छठपर्व सम्पन्न गने प्रचलन रहको छ ।