Logo ९ कार्तिक २०८२, आइतबार | Sun Oct 26 2025


सरकारमा थपिए यी चार मन्त्री, साढे २ बजे शपथ


3.1k
Shares

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डल विस्तारको तयारी गर्नुभएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले थप चारजना मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो

बताइएअनुसार नयाँ नियुक्त हुने मन्त्रीमा सुधा गौतम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनार हुनुहुन्छ ।

जसमध्ये सुधा गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री, गणपतिलाल श्रेष्ठलाई संस्कृति भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री , बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री र खगेन्द्र सुनारलाई श्रम तथा रोजगारमन्त्री नियुक्त गर्न लागेको जनाइएको छ ।

उहाँहरुलाई आज दिउँसो साढे दुई बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा सपथ ग्रहण गराउने तयारी भएको छ । ।