Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


जेनजी प्रदर्शनमा प्रहरीलाई बर्दी खोल्न लगाएर कुटपिट गर्ने गौतम घिसिङ पक्राउ


1.2k
Shares

काठमाडौँ ।
गत भदौ २४ गते तीनकुनेमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गरी बर्दी खोल्न बाध्य पारेका गौतम घिसिङ पक्राउ परेका छन् ।

आन्दोलनकारीहरूले प्रहरी चौकीमाथि आक्रमण गर्दै हतियार समेत लुटेका थिए । स्थिति तनावपूर्ण बनेपछि केही प्रहरी बागमती नदीमा हामफालेर ज्यान जोगाउन बाध्य भएका थिए ।

भिडियो फुटेज र तस्बिरका आधारमा घिसिङलाई पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस घटनासँग सम्बन्धित अन्य केही व्यक्तिहरूलाई पहिले नै पक्राउ गरिसकिएको र अन्यको खोजी जारी रहेको छ ।