Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


रौतहटमा खोलामा डुबेर २ जना बालकको मृत्यु


182
Shares

रौतहट। रौतहटको झाझ खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ।

गरुडा नगरपालिका-५ शिवनगरस्थित झाझ खोलामा शनिबार दिउँसो नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको हो। मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका–३ निवासी सञ्जीव साहका १० वर्षीय छोरा निरज साह र उनका दाजु राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साह रहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएकाे छ।

शनिबार दिउँसो करिब १ बजेतिर २ जना बालक नुहाउन झाझ खोलातर्फ गएका थिए। नुहाउने क्रममा खोलाको गहिरो भागमा पुगेपछि उनीहरू डुबेका मृत्यु भएकाे प्रहरीले बताएकाे छ। नदीमा बालकहरू डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गरी शिवनगरस्थित संजिवनी अस्पताल पुर्‍याएका थिए।

तर चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको गौरका प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताउनुभयो।