Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


‘कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न, केन्द्रीय कमिटीले भने खुशी साथ छोड्छु’: अध्यक्ष ओली


286
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीको निर्णय गरेमात्रै आफूले पद छोड्ने बताउनुभएको छ।

ललितपुरमा बुधबार शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले पार्टीका केही सुरवीरहरुले फेसबुकमा लेखेको आधारमा आफूले पद छोड्न नसक्ने अडान समेत स्पष्ट पार्नुभएकाे हाे। आफूले पदबाट हट्नुपर्छ भन्ने कुरा फेसबुकले नभई पार्टी केन्द्रीय कमिटीले भन्ने विषय रहेको बताउँदै अध्यक्ष ओलीले साेही कमिटीले निर्णय गरे आफू खुशीसाथ पद त्याग गर्न तयार रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटी र महाधिवेशनको फैसलाको आधारमा आफू अघि बढने बताउनुभएकाे छ। उहाँले आफू व्यक्तिगत इच्छा नभई देश र जनताको इच्छाअनुसार अघि बढेको जिकिर समेत गर्नुभयो।

अध्यक्ष ओलीले विरोधीहरुले पार्टीमाथि आक्रमण गरिरहेकाे समयमा पार्टीभित्रकाहरुले पनि सोही अनुसारको गतिविधि गर्ने कुरा सैह्य नहुने चेतावनी समेत दिनुभएकाे छ।