Logo २१ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025


एमाले सचिवालय बैठक बस्दै


416
Shares

काठमाडाैं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।

भक्तपुरस्थित गुण्डुमा बिहान ११ बजे बस्ने बैठकमा आगामी राजनीतिक रणनीति, संगठन सुदृढीकरण र कार्यदिशा जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।

यस अघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश,जिल्ला र प्रवासका अध्यक्षहरूसँग गर्नु भएको भर्चुअल बैठकको जानकारी,निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी छ ।

त्यस्तै तत्कालिन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथी वर्तमान सरकारले पक्राउ गरी कारवाही गर्ने तयारी थालिरहँदा त्यसबारे पनि बैठकमा छलफल हुने बताईएको छ ।

एमालेले केन्द्रिय समितिको बैठकको पनि तयारी गरीरहेको छ । जेनजी आन्दोलनका क्रममा च्यासलस्थित पार्टी कार्यालय आगजनी र तोडफोड भएका कारण बैठक स्थल भने तय भईसकेको छैन । त्यस्तै यही असोज २७ गते देखि गर्ने भनिएको बैठकको मिति पनि २९ गतेदेपख हुने जनाईएको छ ।