Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


केपी ओली भन्छन्: ‘म आफू हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई हेप्न पाइँदैन’


429
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू हेपिन तयार रहे पनि देशलाई कसैले हेपेकाे मन-नपर्ने बताउनुभएकाे छ।

भक्तपुरको गुण्डुमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे। उहाँले भन्नुभयाे,-’म आफू हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई हेप्न पाइँदैन, मेरो देश हेपेको सहँदैन।’

उहाँले अहिलेको सरकार संविधान, संसद र लोकतन्त्रमाथि आक्रमण गर्दै उल्टो बाटोमा हिंडिरहेको समेत आरोप लगाउनुभयाे। यदि समयमा हामीले दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौं भने पछि ढिलो भएछ भनेर पछुतो मान्नु मात्रै हुने उहाँकाे तर्क छ।

अब नेपाली जनता आन्दोलनको आँधी-तुफान सिर्जना गरेर अगाडि बढ्नुपर्नेमाअध्यक्ष ओलीकाे जाेड थियाे ।