Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


संसद पुनःस्थापनाको माग राखेर अघि बढ्नुको विकल्प छैनः अध्यक्ष ओली

समयमा दृढतापूर्वक अघि नबढे पछि पछुताएर बस्नुपर्ने अवस्था आउने

325
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापनाको माग गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मुलुकलाई सही बाटोमा फर्काउनका लागि तत्काल विघटन गरिएको संसद फिर्ता गर्ने मागलाई लिएर अगाडि बढ्नुको विकल्प नरहेको उहाँकाे भनाइ छ। अध्यक्ष ओलीले सो मागमा नेपाली कांग्रेस लगायतका सबै राजनीतिक दलहरु अगाडि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो।

उहाँले सोही मागलाई अघि नबढाए मुलुक बर्बाद हुने चेतावनी समेत दिनुभएकाे छ। असंवैधानिक र अलोकतान्त्रिक कदमहरु, क्रियाकलापहरुलाई स्वीकारेर अगाडि बढ्न खोज्यौं भने देश बर्बाद हुने उहाँको भनाई थियो । उहाँले सो मागलाई अघि बढाउनका लागि समयमा दृढतापूर्वक अघि नबढे पछि पछुताएर बस्नुपर्ने अवस्था आउने पनि बताउनुभयो ।

अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको दोहोर्याउनुभयो ।