Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


एमाले अध्यक्ष ओलीले भक्तपुरमा आज विशेष भेटघाट गर्दै


949
Shares

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भक्तपुरमा विशेष भेटघाट गर्नुहुने भएकाे छ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्न विशेष भेटघाट गर्न लागेकाे एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएकाे हाे ।एमाले भक्तपुरको आयोजनामा बिहीबार बिहान ११ बजे तिथली चोक, गुण्डुमा हुने कार्यक्रममा सहभागीताको लागि पनि बस्नेतले आग्रह गर्नुभएकाे छ।

जेनजी युवाकाे आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर बालुवाटार छाडेका ओली अहिले गुण्डुमा भाडाको घरमा बस्दै आउनुभएकाे छ। नेतृत्व छाड्न अध्यक्षओलीलाई पार्टी भित्रैबाट दबाब बढ्दै गएता पनि उहाँले नेतृत्व नछाड्ने अडान कायमै रहेकाे हाे ।