
काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार पनि घटेको छ।
नेप्से ४५ दशमलव ३६ अंकले घटेर २ हजार ५ सय ५९ अंकमा कायम भएको हो । बजारमा ५ अर्ब ७६ करोडको कारोबार भएकाे छ। बजारमा कारोबार भएका कम्पनीमध्ये १८ कम्पनीको मूल्य बढेको हाे । २ सय ३२ को घट्दा एउटाको स्थिर रहेको छ ।
बजारका सबै समूहमा गिरावट आएको हाे। फाइनान्स र होटल समूह ३ प्रतिशत भन्दा बढीले घटेकाे छ। विकास बैंक २दशमलव २८, हाइड्रोपावर २ दशमलव ३४, लगानी २ दशमलव ०२ ले घटेको हाे ।
बजारमा आत्मनिर्भर लघुवित्तको मूल्य सबै भन्दा बढी ६ प्रतिशत तथा थ्रीस्टार हाइड्रोपावरको मूल्य ४दशमलव ७ प्रतिशत बढेकाे छ । प्रभु इन्स्योरेन्सको मूल्य ६ दशमलव १२ प्रतिशतसहित सबै भन्दा बढीले घटेकाे हाे ।
नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स कम्पनी सबै भन्दा बढी कारोबार हुने कम्पनीको रूपमा रहेकाे नेप्सेले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्