
काठमाडाैं । म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
बेनी नगरपालिका–९ तुसारेपानीमा बुधबार क्षमता भन्दा बढी यात्रु बोकेका कारण जिप दुर्घटना भएकाे प्रहरीले बताएकाे हाे । रघुगंगा गाउँपालिका–८ बाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग २ च ५९३० नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाउकाे छ।
घाइते भएका सबैलाई प्रादेशिक अस्पताल बेनीमा उपचारका लागि राखिएको प्रहरीले जानकारी दिएकाे हाे।
प्रतिक्रिया दिनुहोस्