
काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीघारी जग्गासँग जोडिएको घुस प्रकरणमा संलग्न तत्कालीन २ मन्त्रीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बुधबार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र घुस लेनदेनमा जोडिएकी पूर्वभूमि सुधारमन्त्री रञ्जिता श्रेष्ठ समेतलाई प्रतिवादी कायम गरेर घुस लेनदेनको कसुरमा मुद्दा दायर गरेकाे हो । घुस लेनदेनमा संलग्न सुजन लामासहित ५ जना बिचौलियालाई पनि अख्तियारले प्रतिवादी कायम गरेको छ । उनीहरूलाई कसुरका आधारमा अलग-अलग बिगो कायम गरिएको छ ।
अख्तियारका अनुसार पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठसँग जनही ७८ लाख रुपैयाँ बिगो माग दावी गरिएकाे छ । बिचौलियासँग क्वार्टरमै ७८ लाख रुपैयाँ घुसको बार्गेनिङ गरेपछि विवादबीच गुप्ताले गत असार ३१ गते मन्त्री पदबाटै राजीनामा दिएका थिए।
प्रतिक्रिया दिनुहोस्