Logo २२ आश्विन २०८२, बुधबार | Wed Oct 8 2025


हामी संसद पुनःस्थापनाको माग लिएर सर्वोच्चको ढोका ढक्ढक्याउँछौंः नेता बस्नेत


286
Shares

काठमाडाैं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नतेले आफूहरु संसद पुनःस्थापनाको माग लिएर अदालत जाने बताउनुभएको छ ।

पार्टी मुख्यालय च्यासलमा बुधबार पत्रकार सम्मेलन मार्फत उहाँले आफ्नाे पार्टी संसद पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन जाने बताउनुभएको हो । नेता बस्नेतले संसद पुनःस्थापनाको माग पार्टीले आधिकारिक ढंगले अघि बढाउने वा कानून व्यवसायीमार्फत अघि बढाउने भन्ने विषयमा पनि अन्तिम छलफल भइरहेको समेत बताउनुभयो । उहाँले भ्रष्टाचारविरुद्धको जेनजी पुस्ताको आन्दोलनमा आफूको पूर्ण साथ रहने पनि पटक-पटक बताउनुभएकाे छ ।

उहाँले भन्नुभयो,-‘संसद पुनःस्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौं । पार्टीले आधिकारिक ढंगले जाने अथवा कानून व्यवसायीमार्फत जाने । त्यो कुरामा हामी अन्तिम छलफल गर्दैछौं । र, यतिखेर जेनजीहरुको मागलाई नयाँ दलहरुले सम्बोधन गर्दैनन् कि भन्ने एउटा चिन्ता र अफवाह फैल्याइएको छ । म जेनजी भाईबहिनीहरुलाई अनुरोध गर्न चाहन्छु–अब तपाईहरुको नाम हामीले जेनजी होइन, डिजिटल जेनेरेशन राखिदियौं हामीले । अब तपाईहरुलाई म अनुरोध गर्न चाहन्छु–भ्रष्टाचार रोक्ने तपाईहरुको मागलाई हामी पूर्ण साथ दिन्छौं । भ्रष्टाचार विरुद्ध निष्पक्ष छानविन समिति बनाएर छानविन गर्ने कुरामा पुराना दल अथवा नेकपा एमाले अथवा हामी स्वयममाथि पनि तपाईहरुको आशंका छ भने हामी छानविनको दायरामा आउन तयार छौं । तर तपाईहरुको रगतमा होलि खेलेर घाईतेहरुको बैशाकी टेकेर अहिले सरकारमा गएर तपाईहरुलाई उचाल्ने हरेक व्यक्तिहरुको पनि छानविन हुनुपर्छ ।’

नेता बस्नेतले जेनजी पुस्ताको नाममा सरकारमा गएकाहरु पनि भ्रष्ट भए-नभएको छानविन गर्नुपर्ने माग गर्नुभयो ।