Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


जेनजीको नाममा आपराधिक गतिविधि नभड्काउन सुदन गुरूङकाे आग्रह 


1.1k
Shares

काठमाडौं । जेनजी युवा पुस्ताका अगुवा सुदन गुरुङले आफूहरूको नाम प्रयोग गरी आपराधिक गतिविधि भड्काउन खोजिएको दावी गर्नुभएकाे छ।

अगुवा गुरुङले मंगलबार सामाजिक सञ्जाल मार्फत यस्ताे दावी गर्नुभएकाे हाे। जनता जागिसकेकाले आफूहरुलाई फुटाउने प्रयास नगर्न समेत राजनीतिक दलहरूलाई उहाँले खबरदारी गर्नुभएकाे छ। उहाँले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने समेत दावी गर्नुभयाे ।

जेनजीकाे नाम प्रयोग गरी आपराधिक गतिविधिहरू नभड्काउन समेत उहाँले आग्रह गर्नुभएकाे छ। त्यस्तो कार्य गर्नेहरूले कानून बमोजिम सजाय भोग्नुपर्नेमा उहाँकाे तर्क थियाे । जेनजीकाे आन्दोलन सधैं शान्तिपूर्ण नै हुने अगुवा गुरुङकाे भनाइ छ ।