Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


प्रधानमन्त्री कार्कीले भाेलिका लागि बाेलाइन् राष्ट्रिय विपद परिषदकाे बैठक


520
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदकाे बैठक बाेलाउनुभएकाे छ।

प्रधानमन्त्री कार्कीले मंगलबार बिहान साढे ११ बजे बस्नेगरी साेही बैठक बाेलाउनुभएकाे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे हाे ।

राष्ट्रिय परिषदकाे बैठकले राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढी- पहिरोका कारण क्षति भएका संरचनाको पूनर्निमाण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगाएत विषयमा महत्त्वपूर्ण निर्णय गर्ने बुझिएकाे छ।