
काठमाडाैं ।
गृह मन्त्रालयको तथ्याँक अनुसार वर्षाका कारण गएको पहिरोमा परी सबै भन्दा धेरै इलाममा २७ जनाको मृत्यु भएको छ।
इलामको सूर्योदय नगरपालिकामा ५ , इलाम नगरपालिका घोषमा ६ जना , देउमाइ नगरपालिकामा २ जनाको ज्यान गएको छ । त्यस्तै माइजोकमाइ गाउँपालिकामा गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ भने ,मान्सेबुङ गाउँपालिकामा पनि ३ जनाको मृत्यु भएको सुरक्षा निकायहरुले जानकारी दिएका छन् ।
वर्षाकै कारण सवारी दूर्घटनामा हुँदा पाँचथरमा ६ जनाको मृत्यु भएको छ भने चट्याङमा परेर रौतहटमा ३ जनाको ज्यान गएको छ । रसुवामा ४ जनालाई बगाएको छ । देशैभर नेपाल प्रहरी , सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले उद्धार गरिरहेका छन । सशस्त्र प्रहरी बलले दशैं विदामा रहेका सबै कर्मचारीलाई आफनो नजिकको कार्यालयमा हाजिर भएर उद्धार खटिन निर्देशन दिइसकेको छ ।
नेपाली सेनाले घाइतेहरुको हवाइ उद्धार गरिरहेको छ । आइतबार काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा वर्षा कम भए पनि पूर्वमा भने उद्धारमा पनि कठिनाइ भैरहेको सुरक्षाकर्मीहरुले बताएका छन । विषेश गरेर इलाममा पहिरोका कारण सबै भन्दा धेरै क्षेती भएको छ ।
राजमार्गहरु अवरुद्ध हुँदा यात्रा गर्न कठिन भैरहेको छ । सरकारले जल तथा मौसम विज्ञान विभागले दिएको सूचना अनुसार आइतबार र सोमबार सरकारी विदा दिएको छ । देशैभरका कोशी अन्तरगत संखुवासभा , मेची राजमार्गको इलाम मदनभण्डारी राजमार्ग अन्तरगत सनसरी बराह क्षेत्र आतजावत अवरुद्ध भएको छ ।
दोलखाको सिंगटी लामबगर सडक खण्ड , अरनी र विपी राजमार्गमा पनि सेवा अवरुद्ध भएको छ। धादिङको दबाङ खोलामा पनि पहिरोका कारण सडक अवरुद्ध छ । दशैंमा टिका लगाउन जानेहरुलाई बाढी र पहिरोका कारण यात्रा गर्न कठि भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्