Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


बल्खुस्थित बागमती नदी किनारका १ सय बढी सुकुम्बासीलाई विद्यालयमा सारियो


767
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित बागमती खोलामा पानीको बहाव बढेपछि नदी किनारमा बसोबास गरिरहेका १ सय भन्दा बढी सुकुम्बासी परिवारलाई स्थानान्तरण गरेको छ।

सशस्त्र प्रहरी बलले बल्खु कुलेश्वर नदी नजिकका रहेको बस्तीमा पानी पसेपछि साेही परिवारलाई जनविकास माध्यमिक विद्यालय बल्खुमा स्थानान्तरण गरेको हो। सशस्त्र प्रहरी बलले बल्खुस्थित तरकारी बजारमा पानी पसेपछि बजार समेत खाली गराइएको जनाएकाे छ।