
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भाडादर तोकेको छ ।
प्राधिकरणले बिहीबार राति एक सूचना जारी गर्दै चाडपर्वको समयमा हवाई भाडा महँगो हुने अवस्थालाई मध्यनजर गर्दै नयाँ भाडादर तोकेको जनाएकाे हाे । काठमाडौं-विराटनगर भाडा ९ हजार ७ सय ८५ तय भएको छ । त्यस्तै, काठमाडौं-भरतपुरको ४ हजार ६ सय ४३, काठमाडौं-भद्रपुर १२ हजार १ सय १२, जनकपुरको ५ हजार ४ सय ७०, पोखराको ६ हजार ६ सय ३५ र नेपालगन्जको १३ हजार १ सय ३ रुपैयाँ तय गरिएकाे जरी सूचनामा उल्लेख गरिएकाे छ।
त्यस्तै, काठमाडौं-धनगढीको १७ हजार ५ सय ७९, सिमराको ३ हजार ९ सय ७८, भैरहवाको ८ हजार ४ सय ६१, राजविराजको ८ हजार २ सय १०, सुर्खेतको ९ हजार ३० र तुम्लिङ्टारको ७ हजार ६ सय ३० रुपैयाँ तय भएको गरिएकाे हाे ।
निर्धारण गरिएकाे भाडा दर भन्दा बढी रकम लिएर टिकट बिक्री गरेको पाइएमा कानून बमाेजिम कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्