Logo १६ आश्विन २०८२, बिहिबार | Thu Oct 2 2025


भारत सरकारले गहुँकाे मूल्य बढायाे


1.4k
Shares

एजेन्सी । भारतको केन्द्र सरकारले गहुँको न्यूनतम समर्थन मूल्य (एमएसपी) प्रति क्विन्टल १ सय ६० रुपैयाँले बढाएको छ ।

केन्द्र सरकारको मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेको हो । केन्द्रीय मन्त्री अश्विनी वैष्णवले जानकारी दिएको बताउदै समाचार एजेन्सी पीटीआईले समाचार प्रकाश र प्रसारण गरेकाे छ। यसअघि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल २ हजार ४ सय २५ रुपैयाँ थियो । पछिल्लो वृद्धिसँगै यो बढेर प्रति क्विन्टल २ हजार ५ सय ८५ रुपैयाँ पुगेको छ ।

पीटीआईका अनुसार केन्द्रीय मन्त्रिपरिषदले केन्द्रीय सरकारका कर्मचारीहरूको लागि महँगी भत्ता पनि ३ प्रतिशतले बढाउने निर्णयलाई अनुमोदन गरेको हाे । जसले केन्द्रीय सरकार अन्तर्गत काम गर्ने करिब ४९ लाख २० हजार कर्मचारी र ६८ लाख ७० हजार पेन्सनधारकहरूलाई लाभान्वित हुने भएका छन् ।

साथै, केन्द्रीय सरकारले बुधबार ५७ नयाँ केन्द्रीय विद्यालयहरू खोल्ने निर्णय समेत गरेको एजेन्सीले जनाएकाे हाे ।