Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


झापामा चट्याङ लागेर एक महिलाको मृत्यु


598
Shares

काठमाडाैं। झापामा बुधबार चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको जनाएकाे हाे। वर्षासँगै परेको चट्याङ लाग्दा उनी घाइते भएकी थिइन् । मुसहर बस्ती निवासी दिलकुमारी खेतमा बाख्रा लिन गएकाे समयमा चट्याङ लागेको प्रहरीले बताएको छ ।

घाइते दिलकुमारीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएकाे हाे ।