Logo ११ आश्विन २०८२, शनिबार | Sat Sep 27 2025


उच्च सुरक्षासहित एमाले अध्यक्ष ओलीलाई कार्यक्रम स्थलबाट घर पुर्‍याइयो


10.8k
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बाक्लो प्रहरी घेरामा राखेर उच्च सुरक्षासहित कार्यक्रम स्थलदेखि घरसम्म लगिएको छ ।

भक्तपुरकाे गुण्डुमा शनिबार आयोजित राष्ट्रिय युवा संघको खुल्ला भेटघाट कार्यक्रमबाट उच्च सुरक्षासहित अध्यक्ष ओलीलाई घरसम्म लगिएको हो । साेही कार्यक्रममा बाक्लो रूपमा प्रहरी परिचालन समेत गरिएको थियो । गत भदाै २३ र२४ गते भएकाे जेनजी युवाकाे आन्दाेलपछि उहाँ शनिबार मात्रै सार्वजनिक कार्यक्रममा देखिनुभएकाे छ।

गत भदाै २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएर सेनाकाे सुरक्षामा व्यारेकमै बस्नुभएकाे थियाे । सेनाकाे व्यारेकबाट केही हप्ता अघि मात्रै निस्केर उहाँ आफ्नाे भक्तपुरमा रहेकाे घरमा जेनजी युवाले आगजनी गरेका कारण उहाँ हाल भक्तपुरकाे गुण्डुमा भाडाकाे घरमा बस्दै आउनुभएकाे छ ।