Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


केपी ओलीकाे जेनजी युवालाई प्रश्न: ‘खरानीमाथि बसेर सुखी हुन सक्नुहुन्छ ?’

आफूविरूद्ध लगातार आक्रामक बनिरहेका जेनजीलाई आवेगमा नआउन अध्यक्ष ओलीकाे आग्रह

793
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लगातार आक्रामक बनिरहेका जेनजी युवाहरूलाई आवेगमा नआउन आग्रह गर्नुभएकाे छ।

युवा संघले भक्तपुरको गुण्डुमा शनिबार आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएकाे हाे । गत भदाैं २३ र २४ गते जेनजीहरूले गरेको आन्दाेलनपछि अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर बालुवाटार छाेड्नुभएकाे छ। त्यसयता सार्वजनिक कार्यक्रममा नदेखिएका अध्यक्ष ओली शनिबार मात्रै बाहिर निस्किएर अभिव्यक्ति दिनुभएकाे हाे ।

उहाँले भन्नुभयाे,-‘जेनजी घरैपिच्छे छन् । घरघरमै छन् । जेनजीका नाममा केही भाइबहिनी संगठित हुनुभएको छ । केहीलाई गुमराहमा राखिएको छ। ‘तपाईहरू भर्खरकै हुनुहुन्छ, धेरै बाँच्नु छ, यसरी नै आगजनी गर्दै जाने हो भने, होटल, ऐतिहासिक सम्पदा ध्वस्त पार्दै जाने हो भने, खरानीमाथि बसेर सुखी हुन सक्नुहुन्छ ?’

एमाले अध्यक्ष ओली आवेगमा नआउन पनि जेनजीहरूलाई आग्रह गर्नुभएकाे छ।

Skip This