Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


केपी ओलीकाे सरकारलाई प्रश्न: ‘आतंक फिजाएर सरकारमा पुग्ने, अनि अरूलाई सुरक्षा दिन्नँ भन्ने ?’

"मौसम पनि सधैं एकनास हुँदैन, फेरि मुसुक्क हाँसेर उठ्नेछाैं"

702
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकाले सुविधा नदिए पनि सुरक्षा भने दिनुपर्ने बताएका छन् ।

भक्तपुरमा शनिबार आयोजित चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएकाेल हाे ।निवर्तमान प्रधानमन्त्री समेत हरेका ओलीले आफ्नो निजी घरको लोक सेन ट्र्याक गरेर घर घेर्न जाऔं भन्दा सरकार के हेरेर बसेको भन्दै प्रश्न समेत गर्नुभयाे ।

उहाँले भन्नुभयाे,-‘अहिले तपाईहरूले सामाजिक सञ्जालमा हेर्नुभएको होला, केपी ओलीको घर लोकेट गरेर घर घेर्न जाऔं भनेर देखाइएको छ । घर तोकिएको छ । सरकार के हेरेर बसेको छ ? ओलीको प्रश्न छ ।’ उहाँले सरकारले सुविधा, गाडी र पासपोर्ट रोक्ने लगायतका मुद्दा चलाउने भनेको भन्दै कुनै कर्तव्य हुँदैन भनेर प्रश्न समेत गर्नुभयाे।

उहाँले भन्नुभयाे,-‘सरकारले सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु भनेको छ । सरकारको कर्तव्य के हुन्छ कि हुँदैन ? सरकारमा हुनेहरूले सुविधा चाहिएन, सुरक्षा दिन पर्छ कि पर्दैन ? असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतंक फिजाएर सरकारमा पुग्ने, अनि अरुलाई सुरक्षा दिन्नँ भन्ने ?’

अध्यक्ष ओलीले मौसम पनि सधैं एकनास नहुने बताउँदै फेरि मुसुक्क हाँस्ने समेत बताउनुभयाे ।

Skip This