Logo ११ आश्विन २०८२, शनिबार | Sat Sep 27 2025


कार्की नेतृत्वकाे सरकार तोड्फोड र आगजनीको माध्यमबाट बनेको एमाले अध्यक्ष ओलीकाे आराेप (तस्बिरसहित)

आफूले कहीं कतै भ्रष्टाचार गरेको भए देखाउन समेत सरकारलाई ओलीकाे चुनौती

624
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वकाे सरकार तोड्फोड र आगजनीको माध्यमबाट बनेको आरोप लगाउनुभएको छ ।

भक्तपुरको गुण्डुमा शनिबार राष्ट्रिय युवा संघ नेपालको आयोजना गरेको खुला भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे आरोप लगाउनुभएको हो । जेनजी भनिएको यो सरकार संवैधानिक बाटोबाट, जनताको अभिमतबाट नबनेको उहाँकाे भनाइ छ । उहाँले आफूले देश र जनताको पक्षमा काम गरेको दावी गर्दै त्यसको विवरण प्रकाशित गरेर देखाउन पनि सरकारलाई चेतावनी दिनुभयो । आफूले सुशासनको पक्षमा काम गरेको जिकिर गर्दै अध्यक्ष ओलीले कहीं भ्रष्टाचार गरेको भए देखाउन पनि सरकारलाई चुनौती दिनुभएकाे छ।

अध्यक्ष ओलीले एमालेले सधैंं सरकारको नेतृत्व गर्दा छलछाम र षड्यन्त्रका कुनै पनि गतिविधि नगरेको पनि दोहोर्याउनुभयो ।