Logo ९ आश्विन २०८२, बिहिबार | Thu Sep 25 2025


ब्याकुल माइलाकाे ‘आम च्याङमाखा नेपाल’ नामक गीतकाे छायांकन


247
Shares


शुभकला राई

ओखलढुंगा । नेपालको मातृभाषा संरक्षण र राष्ट्रिय एकताको भावना जागृत गर्न राष्ट्रिय गानका रचयिता ब्याकुल माइलाले सिर्जना गरेकाे देशभक्ति गीत ‘आम च्याङमाखा नेपाल’ को म्यूजिक भिडियो छायांकन शुरु गरिएको छ ।

वाम्बुले राई भाषाको पहिलो देशभक्ति गीतको छायांकन शुरु गरिएको हो । झापाको कचनकबलबाट छायांकन शुरु गरिएको साेही गीत ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा समेत छायांकन गरिँदैछ । देशभक्ति भावनाबाट प्रेरित यो गीतमा मातृभूमिलाई “आमा” को रूपमा चित्रण गरिएको हाे

स्थानीय, विद्यार्थी र कलाकारहरूको सामूहिक नृत्य समावेश रहने उक्त गीतको निर्देशन अनुप डंग‍ोलले गरिरहनु भएको छ । ८ जना गायक-गायिकाको स्वरमा तयार गीतको म्यूजिक भिडियो छिटै सार्वजनिक गर्ने तयारी गरिएको राष्ट्रिय गानका  रचयिता माइलाले जानकारी गराउनुभयाे ।

साेही गीतले मातृभाषा संरक्षण, उत्थान र राष्ट्रिय भावनाको प्रवर्द्धन हुने अपेक्षा समेत गरिएको छ ।