Logo ९ आश्विन २०८२, बिहिबार | Thu Sep 25 2025


पार्टी अध्यक्ष दाहालकाे प्रस्ताव नारायणकाजी र जनार्दनले गरे अस्वीकार


10k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमलले वर्तमान कन्द्रीय समिति भंग गरेर मंसिरमा विशेष महाधिवेशन गर्ने गरि राखेको प्रस्तावालई पार्टीका दुई जना नेताले अस्वीकार गरेका छन् ।

काठमाडौंको कमलादीमा बिहीबारदेखि शुरु भएकाे सातौं केन्द्रीय समितिकाे बैठकमा अध्यक्ष दाहालले राखेको प्रस्तावलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अस्वीकार गरेका हुन् । बिहीबारदेखि शुरू बैठकमा यी तीनै नेताले प्रस्ताव पेश गरेका छन् । अध्यक्ष दाहालले राजनीतिक एवम् संगठनात्मक प्रस्ताव राख्दै अहिलेको केन्द्रीय समिति विघटन गरेर विशेष महाधिवेशनमा जान आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव राख्नुभएकाे थियाे ।

त्यस्तै, उहाँले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने र पार्टीको ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी माओवादी नेताहरूले बताएका छन् ।