Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता


845
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयीक राजनीति, फागुन २१ म तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेलले निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुभएकाे छ । प्रधानमन्त्री कार्कीले पनि सरकार निर्वाचन सफल बनाउन पूर्ण प्रतिबद्ध रहेको जानकारी दिनुभयाे ।

सचिवालयका अनुसार भेटवार्तामा द्विपक्षीय समन्वय, चुनावी आचारसंहिताको कार्यान्वयन, र शान्ति सुरक्षाका चुनौतीबारे पनि विचारविमर्श गरिएको थियो ।